आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं, फागुन ४ : दाङको शान्तिनगर गाउँपालिका ३ चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगरको हत्या गरेको अभियोगमा उनकै कान्छो छोरा १९...
काठमाडौं, फागुन ४ : दाङको शान्तिनगर गाउँपालिका ३ चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगरको हत्या गरेको अभियोगमा उनकै कान्छो छोरा १९ वर्षीय गोपाल मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गोपालले कर्ण बहादुरलाई चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १९:०९ बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












