Kathmandu Press

आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी

काठमाडाैं, फागुन ४ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बीचको खेल...
आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी

काठमाडाैं, फागुन ४ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब बीचको खेल बराबरीमा टुङ्गिएको छ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो। खेलको २६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए।

टेकबहादुर बुढाथोकीको पासमा उनले गोल गरे। तर त्यो आर्मीको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको ६५औँ मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले आशिष गुरुङको पासमा गोल गरेका हुन।

यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोलकिपर विकेश कुथुले रातोकार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो। हिमालयन शेर्पाका खेलाडी सुरेश कुमाललाई पेनाल्टी क्षेत्रबाहिर आएर फउल गरेपछि रेफ्री नवीन्द्र मर्हजनले विकेशलाई रातो कार्ड दिएका थिए। यस बराबरी खेलसँगै आर्मीले ११ खेलमा १९ अङ्क जोडेको छ। आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा यथावत् रहेको छ। त्यस्तै समान खेलको हिमालयन शेर्पाको १२ अङ्क भएको छ। हिमालयन शेर्पा अङ्क तालिकाको आठौँ स्थानमा रहेको छ।

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्