Kathmandu Press

अस्ट्रलियामा बस्ने युवतीको तस्बिर र भिडियो राखी अश्लील स्टाटस लेख्ने युवक पक्राउ

काठमाडौं, फागुन ४ : विदेशमा बस्ने युवतीको तस्बिर र भिडियो सामाजिक सञ्जालमा प्रयोग गरेर अश्लील स्टाटस लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।अध्ययनको...
अस्ट्रलियामा बस्ने युवतीको तस्बिर र भिडियो राखी अश्लील स्टाटस लेख्ने युवक पक्राउ

काठमाडौं, फागुन ४ : विदेशमा बस्ने युवतीको तस्बिर र भिडियो सामाजिक सञ्जालमा प्रयोग गरेर अश्लील स्टाटस लेख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

अध्ययनको सिलसिलामा अस्ट्रलियामा रहेकी एक नेपाली युवतीको नक्कली फेसबुक अकाउन्ट बनाई अश्लील स्टाटस लेखेर तिनै युवतीका आफन्त र साथीभाइलाई सेयर गरेर चरित्र हत्या गर्ने रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का २५ वर्षीय एलिश भन्ने राजन श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको हो।

Hardik ivf

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले जिल्ला अदालत काठमाडौंको अनुमतिले मंगलबार पक्राउ गरी सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको प्रवक्ता प्हरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्