Kathmandu Press

एकातिर पञ्चयती शैलीमा उर्दी, अर्कोतिर संविधान च्यात्ने अतिवाद: डा.भट्टराई

काठमाडौं, असोज २ : समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले पञ्चायती शैलीमा उर्दी जारी गरेर संविधान दिवस मनाउन लागेको....

एकातिर पञ्चयती शैलीमा उर्दी, अर्कोतिर संविधान च्यात्ने अतिवाद: डा.भट्टराई

काठमाडौं, असोज २ : समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले पञ्चायती शैलीमा उर्दी जारी गरेर संविधान दिवस मनाउन लागेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका सत्तारुढ दलका नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। संविधान जारी गर्दा गरेको त्रुटीका कारण यस्तो अवस्था आएको उनले बताए।

‘त्यो त्रुटि संविधानमै गरेको छ। त्यही कारण एकातिर पञ्चयती शैलीमा उर्दी जारी गरेर संविधान दिवस मनाउनुपरेको छ, अर्कोतिर संविधान च्यात्नुपर्छ भन्ने अतिवादी प्रवृति पनि देखिएको छ। यिनै दुई अतिवादको बीचबाट नेपालको संविधान गुज्रिरहेको बताउँदै भट्टराईले यसको समाधानका लागि  संविधान संशोधन गर्नुपर्ने बताए।

आफुले उतिबेलै यो संविधान ‘आधा गिलास भरि र आधा खाली’ भनेको स्मरण गर्दै डा भट्टराईले चार बर्षसम्म पनि संशोधन नभएको बताए। 

‘संविधान संशोधन नभए यसप्रति ठूलो असन्तुष्टि बढ्दै जाँदा त्यो थेग्न नसक्ने हुन्छ। त्यो असन्तुष्टि विष्फोटक भए ठूलो दुर्घटाना हुन्छ’, उनले भने, ‘ शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ। पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्र्वािचत प्रमुख कार्यकारी प्रणालीमा नगएसम्म असन्तुष्टिहरु रहिरहने छन्। त्यसैले संविधान संशोधन गर्न ढिला गर्न हुँदैन।’

आलोचनात्मक चेतसहित विषयवस्तुलाई हेररमात्रै विकास र सम्मृद्धि हुने बताउँदै उनले भने, ‘त्यसका लागि अहिले अपनाइएको शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ।’

भ्रष्टाचार गन्हाइरहेको भन्दै यसको स्रोत के हो ? भन्दै प्रश्न गरे। भ्रष्टाचार बढ्नुमा धेरै कारण रहेको भन्दै व्यक्ति भन्दा पनि निर्वाचन प्रणाली प्रमुख कारण रहेको डा.भट्टराईले गुदी खोज्नुपर्ने बताए। जिम्मेवार व्यक्तिहरुले ने लोकतन्त्र गुम्छ भन्ने कुरा आएकोमा आफुलाई चिन्ता लागेको बताएका उनले पहिला आफ्नो अनुहार आफैले हेर्नुपर्ने बताए।

संसदको वर्षे अधिवेशनको समापन हुने दिन बिहीबार प्रतिनिधिसभामा बोल्दै डा. भट्टराईले थुप्रै राम्रा कामबाट त्यसमा सन्तुष्ट हुनुपर्ने हुँदाहुँदै पनि असन्तुष्टि नै विकासको जननि हुने बताए। सरकारले अब गर्नुपर्ने केही काम नै बाँकी नरहेकोजस्तो गरिरहेको बताउँदै त्यसरी सोचिए विकास नहुने बताए। उनले राम्रा कामको स्वामित्व लिदै गर्न बाँकी कामहरुप्रति ध्यान जानुपर्ने बताए।

डा.भट्टराईले लोकतन्त्र भनेकै वार्ता र सम्वादमबाट गरिने शासन पद्धति भएकाले केही विषयामा सत्तापक्षको ध्यानाकर्षण गराउन जरुरी रहेको बताए। उनले नेपाली जनताले आफ्नो संविधान आफैले बनाउनु महत्वपूर्ण भन्दै संविधान कहिल्यै पनि ढुङ्गामा कुँदेको अक्षर नहुने बताए। 

‘संविधान भनेको समाजमा विद्यमान आर्थिक, राजनीतिक सामाजिक शक्ति सन्तुलनको दस्तावेज हो। जब समाज परिवर्तन हुँदै जान्छ, विभिन्न वर्ग समुदायका इच्छा आकांक्षा परिवर्तन हुँदै जान्छन् र संविधान पनि परिवर्तन हँुदै जानुपर्छ’ डा. भट्टराईले भने, ‘लोकतन्त्र पनि आफैंमा विकासशील प्रक्रिया हो।’

इतिहास हेर्दा पहिलो चरणको लोकतन्त्र व्यक्तिको स्वतन्त्रतामा आधारित भएको, दोस्रो चरणको लोकतन्त्र सामाजिक बर्गहरुको समानता र अधिकारमा आधारित भएको र अहिलेको लोकतन्त्र व्यक्ति र वर्गमात्र नभई लिङ्ग जाति समुदायलगायत सवैको समानता र स्वतन्त्रताका लागि भएको भन्दै त्यस्तो खालको लोकतन्त्र ल्याउन केही कुरामा सफल भएपनि धेरैमा चुकेको बताए। 

कानुन बनाउने क्रममा त्रुटि भएको भन्दै उनले महिला जनजातीहरुले अवसर गुमाउनुपरेको बताए। लोकतन्त्रको प्रतिफल विकास र सम्मृदि नै भएको भन्दै अर्थतन्त्रको सुधार सन्तोषजनक नभएको बताए। लगानी वृद्धि नभएको, व्यापार घाटा बढेको भन्दै उल्टो दिशातिर जानुले सकारात्मक संकेत नभएको बताए।

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, असोज २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्