Kathmandu Press

मछिन्द्र बन्यो लगातार दोस्रोपटक लिग च्याम्पियन

काठमाडाैं, फागुन ४ : मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक ए डिभजिन लिग उपाधि जितेको छ।बुधबार दशरथ रंगशालामा भएको खेलमा नवप्रवेशी क्लब सातदोबाटो...
मछिन्द्र बन्यो लगातार दोस्रोपटक लिग च्याम्पियन

काठमाडाैं, फागुन ४ : मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक ए डिभजिन लिग उपाधि जितेको छ।

बुधबार दशरथ रंगशालामा भएको खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबमाथि १-० को जित निकाल्दै मछिन्द्र २ खेल अगावै च्याम्पियन बनेको हो।

सातदोबाटोविरुद्धको जितसँगै शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेपछि मछिन्द्र २ खेल अगावै च्याम्पियन बनेको हो। मछिन्द्रको ११ खेलमा २९ अं भएको छ भने दोस्रो स्थानको मनाङको १० खेलमा २० अंक छ।

सातदोबाटोविरुद्ध मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरे। उनले ५३औं मिनेटमा गोल गरेका थिए।

सुनिल बलको क्रसमा देवेन्द्र तामाङले हेड गरेका बल सातदोबाटोका गोलकिपर अभिषेक बराललाई टच हुँदै बारमा लागेर फर्कियो । सोही बलमा नुर्लानले गोल गरे।

खेलमा सातदोबाटोले पनि गोलका थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन। सातदोबाटो १५ अंकसहित छैठौं स्थानमा छ।

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्