विद्युत् लाइन विस्तार छिटो गर्न निर्देशन
जाजरकोट, फागुन ४ : विद्युत् लाइन विस्तारमा देखिएको समस्या तत्काल हल गर्न नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन...जाजरकोट, फागुन ४ : विद्युत् लाइन विस्तारमा देखिएको समस्या तत्काल हल गर्न नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन्।
चार वर्षअघि ठेक्का लगाएका कामहरु अहिलेसम्म पूरा नभएको भन्दै उनले यस्ता कामलाई तत्काल अगाडि नबढाए कडा कदम चाल्ने बताए। कर्णाली प्रदेश विद्युत् प्राधिकरणका प्रमुख शम्भु कुसैयात यादवलाई मन्त्री सिंहले कार्यकक्षमा बोलाएर जाजरकोटलगायत अन्य जिल्लाको समस्या समाधान गर्न निर्देशन दिएका छन्।
चार वर्षअघि लागेका ठेक्काको काम वैशाखसम्म पूरा गर्नका लागि निर्देशन आएको जाजरकोटका प्रमुख अविशेकराज कलवारले बताए। पहुँचको भरमा ठेक्का लिँदै बीचमा अलपत्र पार्दै गरेका कारण जाजरकोटमा विद्युत् लाइन विस्तारमा समस्या देखिएको छ।
प्रकाशित मिति: १४:१६ बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१
काठमाडौंमा छबिलाल जोशीको बयान सकियो, रवि लामिछानेलाई ल्याउने तयारीबिहीबार, मंसिर ६, २०८१
इजराइलका प्रधानमन्त्री र पूर्वरक्षामन्त्री विरूद्ध पक्राउ पुर्जी जारीबिहीबार, मंसिर ६, २०८१
मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवको निर्देशनबिहीबार, मंसिर ६, २०८१