Kathmandu Press

निजगढ, भैरहवा र पोखरा विमानस्थलका लागि छुट्याइयो २३ अर्ब बजेट

काठमाडौं, असोज २ : निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित चालु आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४६ अर्ब ९६ करोड....

निजगढ, भैरहवा र पोखरा विमानस्थलका लागि छुट्याइयो २३ अर्ब बजेट

काठमाडौं, असोज २ : निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित चालु आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४६ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बजेट तयार पारेको छ।

बजेटको आधा रकम निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि विनियोजन गरिएको छ। जसका लागि २३ अर्ब रुपैयाँ विनियोजन गरिएको हाे। 

बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निजगढ, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि २३ अर्ब विनियोजन गरिएको जानकारी दिए। यो बजेट प्राधिकरणको संचालक समितिको बैठकले गत साता नै स्वीकृत गरेको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए।

चालु वर्षका लागि आठ अर्ब ३३ करोड १३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको उनले बताए। जसमा आन्तरिक स्रोतबाट २९ अर्ब र सरकारबाट ऋण सहयोग १७ अर्ब रुपैया प्राप्त गर्ने लक्ष्य राखिएको छ।

चालु वर्ष ३४ अर्ब पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ। चालु खर्चका लागि चार अर्ब रुपैयाँ छुट्टयाइएको छ। बोनसका लागि तीन प्रतिशत समेत छुट्याएको छ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकासका लागि ६ अर्ब विनियोजन गरिएको छ।

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, असोज २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्