दैलेखमा भएको बोलेरो दुर्घटनामा एकको मृत्यु, ६ घाइते
दैलेख, फागुन ४ : दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।सदरमुकाम...
दैलेख, फागुन ४ : दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो मंगलबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर हमाल रहेको जानकारी दिए। दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ।
प्रकाशित मिति: ०६:५६ बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












