Kathmandu Press

मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

मकवानपुर, फागुन ३ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा आज अस्पताल भर्ना भएका छन। मुटुको शल्यक्रिया गर्न उनी काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग...
मुटुको शल्यक्रिया गर्न प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

मकवानपुर, फागुन ३ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा आज अस्पताल भर्ना भएका छन। मुटुको शल्यक्रिया गर्न उनी काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्ना भएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए।

उनको मुटुमा आठ वर्षअघि राखिएको पेसमेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो। मुटुमा समस्या आएपछि शर्माले लामो समयदेखि पेसमेकरको सहायता लिँदै आएका थिए। शल्यक्रियापछि पनि शर्मालाई केही दिन आराम गर्नुपर्ने भएकाले करिब एक हप्ताको समय उनी अस्पतालमा नै रहने प्रमुख स्वकीय सचिव फुँयालले बताए। शर्मा लामो समयदेखि मुटु रोगसम्बन्धी समस्याबाट पीडित छन।

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्