पशु व्यवस्थापन केन्द्र सञ्चालन हुने
काठमाडौं, फागुन ३ : काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिकाले संयुक्त रुपमा पशु व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएका छन् । आज दक्षिणकाली नगरको सभा कक्षमा...
काठमाडौं, फागुन ३ : काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिकाले संयुक्त रुपमा पशु व्यवस्थापन केन्द्र सञ्चालन गर्ने भएका छन् ।
आज दक्षिणकाली नगरको सभा कक्षमा काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि सहकार्य सुरु भएको हो । यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो ।
प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानी लगायतका सुविधा व्यवस्था गरिएको छ । केन्द्र दक्षिणकाली नगरको वडा ७ कोपु गाउँमा रहेको छ । सम्झौतापछि बोल्दै मेयर शाक्यले, काठमाडौँबाहिर कुनै पनि काम गर्नुपर्दा त्यहाँको नगरसँग सहमति लिएर सहकार्यमा मात्र काम गर्ने गरेको बताए ।
सम्झौताबमोजिम यस अघिको लगानी फिर्तासहितका काम गर्न काठमाडौँ महानगरले दक्षिणकाली नगरलाई ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । आफ्नो भौगोलिक क्षेत्रभित्रको सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा भएका चौपाया छाडा हुन् ।
यिनीहरुको संरक्षण र व्यवस्थापन पालिकाहरुले गर्नुपर्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा यस सम्बन्धी व्यवस्था छ ।












