प्रधानमन्त्री ओलीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित
काठमाडौं, असोज २ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।
प्रतिनिधि र राष्ट्रियसभा दुवै सदनलाई संयुक....

काठमाडौं, असोज २ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।
प्रतिनिधि र राष्ट्रियसभा दुवै सदनलाई संयुक्त रूपमा गर्ने भनिएको प्रधानमन्त्री ओलीको सम्बोधन अन्तिम समयमा स्थगित भएको हो।
संघीय संसदको बर्खे अधिवेशन सकिँदै छ। त्यसैले संघीय संसदका दुवै सदनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।
तर, अन्तिममा आएर प्रधानमन्त्रीकाे सम्बाेधन रोकिएको हाे। प्रधानमन्त्री ओलीले आज संसदमा सम्बाेधन नगर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए।
भोलि संविधान दिवसको अवसरमा टुडिखेलमा आयाेजना हुने कार्यक्रममा बाेल्ने भएकाले आजकाे सम्बाेधन नगरिएकाे अधिकारीले बताए।
प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, असोज २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











