साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपाल र भारत उद्घाटन खेलमा भिड्ने
काठमाडौं, फागुन ३ : साफ यू–१८ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतको सामाना गर्ने भएको छ। मंगलबार सार्वजनिक ड्र अनुसार मार्चमा हुने उद्घान...
काठमाडौं, फागुन ३ : साफ यू–१८ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भारतको सामाना गर्ने भएको छ। मंगलबार सार्वजनिक ड्र अनुसार मार्चमा हुने उद्घान खेलमा नेपाल र भारत भिड्ने भएका हुन्।
प्रतियोगितामा नेपाल र भारत र बंगलादेश गरी तीन देश मात्र सहभागी छन् । भारतकाे जमदेशपुरमा हुने प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा हुनेछ। यस्तै, नेपालले दोस्रो खेल मार्च १७मा बंगलादेशसँग खेल्ने ।
दोस्रो लेगमा नेपालले मार्च २१ मा भारत र मार्च २३ बंगलादेशसँग खेल्नेछ। लिगका शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ।
प्रकाशित मिति: १९:५७ बजे, मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











