Kathmandu Press

खोप हराएको तथ्य ढाकछोप नगर्न एमालेकाे आग्रह

खोप हराएको तथ्य ढाकछोप नगर्न एमालेकाे आग्रह

काठमाडाैं, फागुन ३ : नेकपा (एमाले) ले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले अनुदानबाट प्राप्त र खरिद गरेका खोपमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप नगर्न आग्रह गरेको छ।

सो सन्दर्भमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै एक टेलिभिजनमा ‘खोपहरु नहराएको’ दाबी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रूपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्तिप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Hardik ivf

एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज जारी गरेकाे विज्ञप्तिमा सिभिल अस्पताल, बानेश्वरमा मन्त्री खतिवडाले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित रहेको तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म सङ्घीय संसद्का सदस्यलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्ट्रर ‘ख’ मा क्रसं ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गरेकाे विज्ञप्तिमा जनाइएको छ।

'मन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बदनाम गर्नकै लागि आमजनसमुदायलाई गलत सूचना दिई कोभिडजस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गर्नुभएको छ,' विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १९:५४ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्