ए डिभिजन लिग : जावलाखेल र फ्रेन्ड्सको रोमाञ्चक बराबरी
काठमाडौं, फागुन ३ : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्स र जाउलाखेल युथ क्लबले ३–३ गोलको बराबरी...
काठमाडौं, फागुन ३ : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्स र जाउलाखेल युथ क्लबले ३–३ गोलको बराबरी खेलेका छन्। रोमाञ्चक बनेको खेलमा फ्रेण्ड्सले ३ गोलले पछि परेको अवस्था उल्टाउँदै उत्कृष्ट पुनरागमन गर्दै बराबरी खेलेको हो।
खेलमा जावलाखेलका लोइक एन्जिमी कोउहिमले दुई गोल गरे भने अर्को गोल रुपबहादुर लामाको नाममा रह्यो। यस्तै, फ्रेन्ड्सका नाथनियल जुड ग्रासियाले दुई गोल गर्दा जमउल एन्थोनी फ्रान्सिओसले पनि गोल गरे ।
१२औं मिनेटमा लोइकले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । ४०औं मिनेटमा लोइकले नै जावलाखेलको अग्रता दोब्बर बनाए । ४५औं मिनेटमा रुपबहादु लामाले गोल गरेपछि जावलाखेलले ३–०को अग्रता लियो ।
पहिलो हाफको इन्जुरी समयमा नाथनियलले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरे । ६९ औं मिनेटमा नाथनियलले नै गोल गर्दै खेललाइृ ३–२को अवस्थामा ल्याए। इन्जुरी समयमा जमउलले गोल गरेपछि फ्रेन्ड्सले उत्कृष्ट पुनरामगन गर्दै अंक जोड्यो ।
यसैगरी मंगलबार भएको अर्को खेलमा रेलिगननबाट बच्न संघर्ष गरिरहेका दुई क्लब ब्रिगेड बोइज र च्यासल युथले गोलरहित बराबरी खेलेका छन्।
यस बराबरीसँगै ११ खेलमा १० अंक जोडेको जावलाखेल ११औं स्थानमा छ भने समान खेलमा ७ अंक जोडेको फ्रेन्ड्स १२औं स्थानमा छ। यस्तै, ७ अंक नै जोडेको ब्रिगेड बोइज १३औं स्थानमा रहँदा ६ अंकमात्र जोडेको च्यासल पुछारमा छ।











