बालुवाटारमा प्रधानमन्त्री निवासको नयाँ भवन शिलान्यास
काठमाडौं, असोज २ : प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ भवनको शिलान्यास गरिएको छ। नयाँ भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्।
....
काठमाडौं, असोज २ : प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ भवनको शिलान्यास गरिएको छ। नयाँ भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्।
बिहीबार बालुवाटारमा आयोजित एक कार्यक्रमबीच नयाँ भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आगामी आवश्यकतालाई ध्यानमा राखेर भवन निर्माण गर्न लागिएको बताए।
‘आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक प्रविधि सम्पन्न प्रधानमन्त्री निवास निर्माण गर्दै छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ भवन शिलान्यास गर्न पाउँदा खुशी लागेको छ।’
बालुवाटारभित्र दुइटा भवन निर्माण गर्न लागिएको हो। एउटा प्रधानमन्त्री निवास हुनेछ भने अर्को बैठक कक्षसहितको भवन हुनेछ। प्रधानमन्त्री कार्यालयका अनुसार।, दुवै भवन निर्माणमा ४० करोड लाग्नेछ।
बुधबार सिंहदरबारभित्र संघीय संसद भवन शिलान्यास गरिएको थियो। प्रधानमन्त्री ओलीले नै भवनको शिलान्यास गरेका थिए।











