Kathmandu Press

चाडपर्व नजिकिँदा तरकारी र फलफूलको भाउ बढ्याे

काठमाडौं, असोज २ : चाडपर्व नजिकिँदै गर्दा तरकारी र फलफूलको मूल्य अत्यधिक वृद्धि भएको छ। तर, बजार अनुगमन भने हुन छाडेको छ।

एक साता अघि स्थानी....

चाडपर्व नजिकिँदा तरकारी र फलफूलको भाउ बढ्याे
काठमाडौं प्रेस

काठमाडौं, असोज २ : चाडपर्व नजिकिँदै गर्दा तरकारी र फलफूलको मूल्य अत्यधिक वृद्धि भएको छ। तर, बजार अनुगमन भने हुन छाडेको छ।

एक साता अघि स्थानीय घ्यू सिमीको मूल्य एक केजीको ८० रुपैयाँ थियो। आज भने बढेर एक सय ३० रुपैयाँ पुगेको छ। त्यस्तै, गत साता स्थानिय काउलीको मूल्य एक सय १० देखि एक सय २० रुपैयाँमा बिक्री भइरहेको थियो। आज भने एक सय ४० देखि एक सय ५० रुपैयाँ प्रतिकेजी पुगेको छ। अन्य तरकारीको मूल्य पनि आकाशिएको छ।

तरकारीसँगै फलफूल पनि अत्यधिक महंगो भएको छ। अघिल्लो सताभन्दा यो साता हरेक फलफूल प्रतिकेजी २० रुपैयाँभन्दा बढी मूल्य बढेको छ।

Hardik ivf

सबैभन्दा बढी अनारको मूल्य बढेको छ। गत साता दुई ५० रुपैयाँ किलो अनार आज भने तीन सय ३० रुपैयाँ पुगेको छ।

चाडपर्व नजिकिँएसँगै वर्षातले गर्दा तरकारी र फलफूलको भाउ बढेको व्यापारी बताउँछन्। अन्य उपभोग्य सामानको भाउ पनि बढेको छ। व्यापारीहरुका अनुसार, दैनिक उपभोग्य वस्तु दाल, चामल, तेल, दुध, माछा, मासुको पनि मूल्य बढेको छ।

चाडपर्व नजिकिँदा व्यापारीले कृतिम अभाव सिर्जना गरेर भाउ बढाएपनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने वास्ता गरेको छैन। बजार अनुमगनमा चासो देखाएको छैन।

चाडपर्व नजिकिँदा पनि उपभोक्ता संरक्षण विभाग वास्ता नगरेको उपभोत्ता अधिकार मञ्चका अध्ययक्ष माधव तिलम्सिनाले आरोप लगाए। ‘बजार भाउ आकाशिएको छ, कृतिम अभाव सिर्जना गरेर मूल्य बढाइएको छ। विभाग भने नाममात्रैको छ, काम गर्दैन,’ उनले भने। दशैतिहार आउन लाग्दा हरेक व्यापारीले सामानमा कालोबाजारी  गर्न थालिसकेको उनको भनाइ छ।

जनशक्तिको अभावले लक्ष्यअनुसार, अनुगमन गर्न नसकेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए। विभाग अहिले अर्धन्यायिक निकायमा परिणत भएपनि पाँच जनामात्रै अनुगमन निरीक्षक भएकाले समस्या भएको महानिर्देशक गौचनको भनाइ छ। ‘चाडपर्व लागेका छन्, अब अनुगमनलाई प्रभावकारी बनाउँछौं,’ उनले भने।

दशैंतिहारलगायत चाडपर्व नजिकिँएकाले अब अनुगमनलाई तिव्रता दिइने उनको भनाइ छ। ‘चाडपर्वको मौकाछोपी उपभोत्तालाई ठगेको भेटिएमा तत्काल कारबाही गर्छौं,’ उनले भने।

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, असोज २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्