छोरीलाई बलात्कार गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ
सिन्धुपाल्चोक, फागुन ३ : जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ । उनी गत माघ २८...
सिन्धुपाल्चोक, फागुन ३ : जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ ।
उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ परेका हुन् । प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार २०६३ साल वैशाख १९ गते साविक ठूलो सिरुवारी वडा नं १, हाल चौतारा साँगाचोकगढी नगरपालिका– १३ स्थित सल्लाघारी जङ्गलमा नाबालिका छोरीलाई जबरर्जस्ती करणी गरी दुलाल फरार भएका थिए ।
जिल्ला अदालतको सोमबारको आदेशले पूर्पक्षको लागि उनीलाई जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












