Kathmandu Press

करणले विश्वकप छनोट गुमाउने

काठमाडौं, फागुन ३ : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्ड करणले आसन्न टि–२० विश्वकपको ग्लोबल छनोट गुमाउने भएका छन्। नेपाली टिमसँगै ओमान पुगेका करण घाइते...
करणले विश्वकप छनोट गुमाउने

काठमाडौं, फागुन ३ : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्ड करणले आसन्न टि–२० विश्वकपको ग्लोबल छनोट गुमाउने भएका छन्। नेपाली टिमसँगै ओमान पुगेका करण घाइते भएकाले विश्वकप छनोट गुमाउने भएका हुन्।

फास्ट बलिङ अलराउन्डर करणमा ढाडको समस्या देखिएका उनले ग्लोबल छनोट गुमाउने नेपाल क्रिकेट संघ (क्याल)ने जनाएको छ । सोही समस्याकै कारण करणले चार देशीय टि–२० पनि खेलेनन्। 

क्यानले करणले फिर्ता बोलाउने र उनको स्थानमा युगा बलर गुल्सन झालाई ओमान पठाउन तयारी गरेको छ। 

यसअभि नै चोटका कारण सोमपाली कामीलाई गुमाइसकेको नेपाली टिममा अहिले अविनाश बोहरा, कमल सिंह ऐरी र जितेन्द्र मुखिया फास्ट बलर छन् । लोअर अर्डरमा आक्रमक ब्याटिङ गर्न सक्ने करण र सोमपाल नहुँदा नेपाललाई केही समस्या हुने छ। 

ग्लोबल क्वालिफायरका लागि प्रशिक्षक पुबुदु दासानायकेले आजै अन्तिम टोली घोषणा गर्नेछन्।

प्रकाशित मिति: ११:२३ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्