मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
बुटवल, फागुन ३ : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तीन जना चढेको लु ६० प ३६५२ नंको...
बुटवल, फागुन ३ : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
तीन जना चढेको लु ६० प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । उनीहरू दुवै मोटरसाइकलको पछाडि बसेका थिए।
दुवै जनाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १०:२८ बजे, मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












