Kathmandu Press

स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश

स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश

दाङ, फागुन ३ : लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।

प्रदेशले आज दाङको देउखुरीको राप्ती उपत्यकामा भव्य कार्यक्रम गर्न लागेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउन लागिएको सरकारले जनाएको छ।

Hardik ivf

सरकारले घोषणा गरेका पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामा रहेका सङ्घसंस्थामा प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ।

प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने सूचना अधिकारी कमानसिंह थापामगरले जानकारी दिए।

प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो। सत्र महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले काम गर्दै आएको छ।

२०७७ असोज २० गते प्रदेशसभाको बैठकको दुईतिहाइ बहुमतले स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो। सो निर्णयानुसार राजधानी व्यवस्थापनको काम राप्ती उपत्यकामा सुरुमा भएको हो।

राजधानी व्यवस्थापन र प्रदेशसभाको बैठक सञ्चालनका लागि राप्ती प्राविधिक शिक्षालयको जग्गा र संरचना प्रदेश सरकार माहतमा ल्याउने पक्रिया अन्तिम चरणमा छ। प्रदेश सरकारले आज फागुन ३ गते  स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ। (रासस)

प्रकाशित मिति: ०९:०४ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्