Kathmandu Press

लागूऔषधसहित ६ युवक पक्राउ

पोखरा, फागुन ३ : कास्कीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ६ युवकलाई पक्राउ गरेको छ।पोखरा महागनरपालिका–१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका...
लागूऔषधसहित ६ युवक पक्राउ

पोखरा, फागुन ३ : कास्कीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ६ युवकलाई पक्राउ गरेको छ।

पोखरा महागनरपालिका–१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका ३१ वर्षीय सूर्यबहादुर थापालाई लागूऔषधसहित पक्राउ गरिएको छ।

उनीहरुका साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाइजापाम ७० एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

त्यस्तै प्रहरीले पोखरा–१७ घारीपाटनबाट १९ वर्षीय प्रशन भण्डारी र १९ वर्षीय अनिस सुनार, पोखरा–१५ नयागाउँका २१ वर्षीय विकास नेपाली तथा स्याङ्जाको बिरुवा–८ घर भई हाल पोखरा–१५ नयागाउँ बस्ने २१ वर्षीय विशाल गुरुङलाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट पनि लागूऔषध बरामद गरिएको डीएसपी तिवारीले बताए। सबै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: ०६:४६ बजे, मंगलबार, फागुन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्