मौसममा अझै तीन दिन सुधार नआउने, यस्तो छ आजको मौसम
काठमाडौं, असोज २ : मौसममा अझै तीन दिन सुधार नआउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, अबका तीन पनि खासै सुधार नभएर देशका विभिन्न स्थानमा लगाता....

काठमाडौं, असोज २ : मौसममा अझै तीन दिन सुधार नआउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, अबका तीन पनि खासै सुधार नभएर देशका विभिन्न स्थानमा लगातार र क्षणिक पानी परिरहनेछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रकाशित गरेको मौसम बुलेटिनमा केही दिन मौसममा सुधार नआउने जनाएको छ। महाशाखाले तीन दिनको मौसमी पूर्वानुमान गर्दै देशभर सामान्य वर्षा हुने जनाएको छ।
आज मध्य र पश्चिमका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्यांगसहित वर्षा हुनेछ। आज राति सामान्य बदली भएपनि पूर्व र मध्यका थोरै तथा पश्चिमका एक दुई स्थानमा मेघ गर्जन र चट्यांगसहित वर्षा हुनेछ।
शुक्रबार मौसमका केही बदली भएपनि केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। राति भने मध्य र पश्चिमका थोरै तथा पूर्वि पहाडका केही स्थानमा भारी वर्षा हुनेछ।
त्यस्तै, शनिबार देशभर आंशिक तथा सामान्य वर्षा हुने महाशाखाले जनाएको छ। पहाडि भेगका केही स्थानमा तथा मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुनेछ।
लगातारको वर्षाले गर्दा पहिरो आउन सक्ने र नदीहरुमा बाढीको सम्भावना रहेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।











