Kathmandu Press

कुटपिटमा परेका युवकको मृत्यु

काठमाडौं, फागुन २ : डडेल्धुरामा कुटपिटमा परी अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । आज बिहान डडेल्धुराको आलिताल गाउँपालिका–४ लामजिलेमा चोटपटक लागि...
कुटपिटमा परेका युवकको मृत्यु

काठमाडौं, फागुन २ : डडेल्धुरामा कुटपिटमा परी अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । 

आज बिहान डडेल्धुराको आलिताल गाउँपालिका–४ लामजिलेमा चोटपटक लागि अचेत अवस्थामा फेला परेका डोटी दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय वसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो । 

Hardik ivf

उनी कुटपिटबाट अचेत पारिएको अवस्थामा आलिताल गाउँपालिका–४ लामजिलेमा फेला परेका प्रहरीले जनाएको छ । घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । 

प्रहरी निरीक्षकका चन्दका अनुसार मृतक सिजापतीको शरीरभरि चोटपटक रहेका छन् । सिजापतीकोे कुटपिट गरी हत्या गरेको आशङ्कामा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अहिले मृतकको शव जोगबुढा अस्तालमा राखिएको छ । 

प्रकाशित मिति: २०:२५ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्