Kathmandu Press

सवारी दुर्घटनामा १४ जना घाइते

काठमाडौं, फागुन २ : सुनकोशी गाउँपालिका ५ मुलकोटस्थित सडकमा बा. ३ ख ४६१२ नम्बरको हायस गाडी आफैँ अनियन्त्रित भई सडकको नालामा पल्टिएर सोमबार...
सवारी दुर्घटनामा १४ जना घाइते
Hardik ivf

काठमाडौं, फागुन २ : सुनकोशी गाउँपालिका ५ मुलकोटस्थित सडकमा बा. ३ ख ४६१२ नम्बरको हायस गाडी आफैँ अनियन्त्रित भई सडकको नालामा पल्टिएर सोमबार बिहान दुर्घटना हुँदा चालक दोलखा सैलुङ गाउँपालिका ८ बस्ने ३४ वर्षीय कुल नारायण श्रेष्ठ समेत १४ जना घाइते भएका छन् ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी राटामाटाबाट खटिएको प्रहरीले दुर्घटनामा घाइते भएका मध्ये २ जनालाई स्थानीय मेडिकल र १२ जनालाई उपचारको लागि इन्टरनेशनल अस्पताल भक्तपुर पठाएको थियो ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:५१ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्