सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी तिउसिनालाई
काठमाडौं, फागुन २ : सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनालाई दिइएको छ।सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले...
काठमाडौं, फागुन २ : सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनालाई दिइएको छ।
सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले आज एक सूचना जारी गरेर तिउसिनालाई सो जिम्मेवारी दिइएको जानकारी दिएका हुन्। उनका अनुसार यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकाश पाएपछि तिउसिनालाई सो जिम्मेवारी दिइएको हो।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचना प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सूचनामा उल्लेख छ।
तिउसिनालाई मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने बताइएको छ।
प्रकाशित मिति: १७:३४ बजे, सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












