Kathmandu Press

स्वास्थ्य बीमा लोकप्रिय बन्दै

खलङ्गा, फागुन २ : जुम्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँका स्थानीयवासी आकर्षित भएका छन् । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बीमा...
स्वास्थ्य बीमा लोकप्रिय बन्दै

खलङ्गा, फागुन २ : जुम्लामा स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँका स्थानीयवासी आकर्षित भएका छन् । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कलम रावतले बताए।

स्वास्थ्य बीमाबारे नागरिकले कुनै चासो राखेका थिएनन् तर अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बीमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न र फोनबाट जानकारी लिनेको सङ्ख्या बढेको उक्त कार्यालयले जनाएको छ ।  

Hardik ivf

सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । ज्येष्ठ नागरिकका लागि निःशुल्क बीमा कार्यक्रममाअन्तर्गत चार हजार ३५ जनाको बीमा गरिएको छ।

सो अनुसार महिला स्वयंसेविका १८०, पूर्ण अपाङ्गता भएका ४५, क्षयरोग टिभी भएका दुई र एचआइभी सङ्क्रमित एक जनाले बीमा गरेको संयोजक रावतले बताए।
 
बीमा गरेबमोजिमको स्वास्थ्य संस्थामा औषधोपचार नपाउने जनगुनासो पनि आउने गरेको कार्यालयले जनाएको छ । अझै यसप्रति नागरिकको कम आकर्षण भएको यहाँका सरोकारवालाले बताए।

जुम्लामै यो कार्यक्रम सञ्चालन भएको झन्डै चार÷पाँच वर्ष भए पनि सबै नागरिकको स्वास्थ्य बीमा हुने सकेको छैन। 

प्रकाशित मिति: १७:३१ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्