Kathmandu Press

बलिङमा चम्किए दीपेन्द्र, नेपाललाई १२८ रनको सामान्य लक्ष्य

काठमाडौं, फागुन २ : टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध नेपालले उत्कृष्ट प्रशर्दन गरेका छन्।ओमान जारी चार देशीय टि–२० सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन...
बलिङमा चम्किए दीपेन्द्र, नेपाललाई १२८ रनको सामान्य लक्ष्य

काठमाडौं, फागुन २ : टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेका छन्।

ओमान जारी चार देशीय टि–२० सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आयरल्यान्डलाई १२७ रनमै अलआउट गरेको छ।

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा अफ स्पिनर दीपेन्द्रसिंह ऐरीले घाततक बलिङ गरेपछि आयरल्यान्ड इनिङको अन्तिम बलमा अलआउट हुँदै १२७ रनमै समेटियो।

आयरल्यानडका जर्ज डकरेलले २२ बलमा सर्वाधिक २८ रन बनाउँदा कर्टिस च्याम्परले २० र कप्तान एन्डी बेलबिनेइले १९ रनको योगदान दिए। यस्तै, लोकएन टुकरले १५ र शन गेटकेटले १४ रनको योगदान दिए।

आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा दीपेन्द्रले ४ ओभरमा २१ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए भने कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहराले समान १ विकेट लिए।

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्