Kathmandu Press

कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि २३ गतेसम्म हुने

काठमाडौं, फागुन २ : नेपाली कांग्रेसनिकट निजामती कर्मचारीको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनको आठौं केन्द्रीय महाधिवेशन यही फागुन २१ देखि २३ गतेसम्म हुने...
कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि २३ गतेसम्म हुने

काठमाडौं, फागुन २ : नेपाली कांग्रेसनिकट निजामती कर्मचारीको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनको आठौं केन्द्रीय महाधिवेशन यही फागुन २१ देखि २३ गतेसम्म हुने भएको छ।

युनियनको भर्खरै सम्पन्न बैठकले महाधिवेशन काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको हो। युनियनले यसअघि गत माघ ८ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना सङ्क्रमणका कारण उक्त महाधिवेशन स्थगित भएको थियो।

Hardik ivf

युनियनको वर्तमान कार्यसमितिको म्याद चैतसम्म मात्र भएकाले स्वास्थ्यमापदण्ड अपनाएर फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न लागिएको युनियनका उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिए।

उपमहासचिव फुयाँलले माघमा नै महाधिवेशन सम्पन्न गर्ने यसअघिको बैठकअनुसार काम अगाडि बढाइएकाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए।

प्रकाशित मिति: १६:५१ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्