Kathmandu Press

पितृशोक परेकाे साता नबित्दै संगीतकार अविरललाई मातृशोक

काठमाडाैं, फागुन २ : लोकप्रिय संगीतकार आशिष अविरलले परिवारमा अकल्पनीय वियोगको सामना गर्नुपरेको छ। बुवालाई गुमाएको साता दिन नबित्दै उनले आमालाई पनि गुमाएका...
पितृशोक परेकाे साता नबित्दै संगीतकार अविरललाई मातृशोक

काठमाडाैं, फागुन २ : लोकप्रिय संगीतकार आशिष अविरलले परिवारमा अकल्पनीय वियोगको सामना गर्नुपरेको छ। बुवालाई गुमाएको साता दिन नबित्दै उनले आमालाई पनि गुमाएका छन्।  

बाग्लुङको गलकोट नगरपालिका–७ मल्म निवासी ८१ वर्षीय बुबा बलहादुर दिवंगत भएपछि किरियामै रहेका बेला अविरललाई मातृशोक परेको हो। उनकी आमा चित्रकुमारीको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

Hardik ivf

पति बितेको दुई दिनमै मष्तिष्काघात भएपछि चित्रकुमारीलाई उपचारका लागि पोखरा पुर्‍याइएको थियो। 

औषधोपचारले निको नभएर स्वास्थ्य जटिल बनेपछि उनलाई आइतबार घर ल्याइएको थियो। अविरलका भाइ कर्णले बुबाआमा दुवैमा उच्च रक्तचापको समस्या देखिएको र त्यसले मष्तिष्कघात निम्ताएको बताए।

‘बुबाको झैं समस्याले आमा पनि बित्नुभयो, बचाउन सकिएन,’ उनले भने। बलबहादुरको गत मंगलबार निधन भएको थियो। दुवैको एकैबेला भएको निधनले परिवारजन र छरछिमेकी शोकमा छन्।

दिवंगत चित्रकुमारीको आजै स्थानीय गौंदी घाटमा अन्त्येष्टि गरिएको छ। उनका दुई छोरा, तीन छोरी र नातिनातिना छन्। 

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्