Kathmandu Press

प्रधानसेनापति र युएईका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र युएईका राजदूतबीच भेटवार्ता

काठमाडौं, फागुन २ : प्रधानसेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि युएईका राजदूत सइद हमदान अल नक्बीबीच शिष्टाचार भेटवार्ता भएको छ।

उनीहरूबीच आज (सोमबार) गते जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको हो। प्रधानसेनापति शर्मालाई भेट्न राजदूत नक्बी जंगीअड्डा पुगेका थिए।   

प्रधानसेनापति शर्माको कार्यालयमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क  निर्देशनालयले जनाएको छ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको जनाइएको छ।
 

प्रकाशित मिति: १६:२१ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्