Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु

काठमाडौं, फागुन २ : विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–३ ववनीस्थित सडकमा लु३२प ४७८० नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०२१ प ९६०२ नम्बर स्कुटर आपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने २५ वर्षीय नमु पौडेलको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको एमन्ड सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

Hardik ivf

्सप्तरीको कन्चनरुप नगरपालिका–११ बक्साहा चोकस्थित सडकमा प्रदेश ३–०१–००५ ख ९७६५ नम्बरको हाइस गाडीले स६प २०९२ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बोधेबरसाईन नगरपालिका(५ बस्ने २० वर्षीय अरवान सिडिकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तनहुँको म्याग्दे गाउँपालिका(१ बरचौरस्थित सडकमा ग२च ७४७४ नम्बरको बलेरो जिपले ग७प ५८२६ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा स्कुटर चालक सोही गाउँपालिका तल्लो गुणादी बस्ने ४० वर्षीय मनोज खनालको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरस्थित सडकमा रोकी राखेको अनटेष्ट लेखिएको जेसिबीमा कर्णाली प्रदेश २–००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ वर्षीय धन बहादुर चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्