जबरजस्ती करणी गरेको आरोपमा झापाबाट एकजना पक्राउ
झापा, फागुन २ : जबरजस्ती करणी गरेको आरोपमा झापाबाट आइतबार राति एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल...
झापा, फागुन २ : जबरजस्ती करणी गरेको आरोपमा झापाबाट आइतबार राति एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेको प्रहरीले पक्राउ गरेको छ। निकेशले २४ वर्षीया महिलालाई शिवसताक्षी–९ संगम चोकस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको प्हरीको भनाइ छ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:४१ बजे, सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












