Kathmandu Press

मोबाइल बिगारेको भन्दै कुटेर पत्नी मार्ने पक्राउ 

झापा, फागुन २ : आफ्नै पत्नीको हत्या गरेको आरोपमा आज (सोमबार) बिहान झापाबाट एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४...
मोबाइल बिगारेको भन्दै कुटेर पत्नी मार्ने पक्राउ 

झापा, फागुन २ : आफ्नै पत्नीको हत्या गरेको आरोपमा आज (सोमबार) बिहान झापाबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

उनले ३४ वर्षीया अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार मोबाइल बिगारेको विषयमा अमरबहादुरले आफ्नै पत्नीको हत्या गरी आफैंं सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएको र प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। 

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:५० बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्