Kathmandu Press

आमाको हत्या गरेकाे आरोपमा युवक पक्राउ 

काठमाडौं, फागुन २ : आमाको हत्या गरेको आरोपमा मोरङबाट एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारी रहेको...
आमाको हत्या गरेकाे आरोपमा युवक पक्राउ 

मोरङ, फागुन २ : आमाको हत्या गरेको आरोपमा मोरङबाट एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारी रहेको प्रहरीले जनाएको छ।

Hardik ivf

आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादका क्रममा गंगाप्रसादले आफ्नै आमालाई चिरपट प्रहार गरेको प्रहरीको भनाइ छ। चिरपट प्रहारबाट गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेन्रट मंगलबारे लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो। 

प्रकाशित मिति: १३:४२ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्