Kathmandu Press

पाँच थान भरुवा बन्दुकसहित पक्राउ

कपिलवस्तु, फागुन २ : प्रहरीले आइतबार दिउँसो ५ थान भरुवा बन्दुकसहित कपिलवस्तुमा एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारु...
पाँच थान भरुवा बन्दुकसहित पक्राउ

कपिलवस्तु, फागुन २ : प्रहरीले आइतबार दिउँसो ५ थान भरुवा बन्दुकसहित कपिलवस्तुमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारु रहेको प्रहरीले जनाएको छ। 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले थारुको घर तलासी गरेको थियो। त्यसक्रममा प्लास्टिकले छोपेर राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्