आज नेपाल आयरल्यान्डसँग भिड्दै
काठमाडौं, फागुन २ : चार देशीय टी-२० श्रृंखलाअन्तर्गत आज नेपाल र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ।ओमानको अल अमरेट क्रिकेट ग्राउन्डमा अपराह्न ३ः४५ बजे नेपाल...
काठमाडौं, फागुन २ : चार देशीय टी-२० श्रृंखलाअन्तर्गत आज नेपाल र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ।
ओमानको अल अमरेट क्रिकेट ग्राउन्डमा अपराह्न ३ः४५ बजे नेपाल र आयरल्यान्डका खेल सुरु हुनेछ। यसअघि भएका दुई खेलमा नेपालले एक जित र एक हार ब्यहोरेको छ।
नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने यूएईसँग २५ रनले हारेको थियो। आज तेस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिनेछ।
आयरल्यान्ड पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
यसअघि नेपालले आयरल्यान्डसँग दुई खेल खेलेको छ। जसमा दुवै खेल आयरल्यान्डले जितेको छ।
प्रकाशित मिति: ०८:५१ बजे, सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











