चिकित्सा शिक्षा आयोगले कसैको दबाबमा काम गर्नु हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं, असोज १ : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन्।
बुधबार साँझ ....
काठमाडौं, असोज १ : प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन्।
बुधबार साँझ आयोगको बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकाले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने बताएका हुन्।
‘आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुँदैन,’ उउनले भने,‘यसले स्वायत्त ढंगले काम गर्छ । देशको आवश्यकता अनुसार काम गर्नु पर्दछ।’
प्रधानमन्त्री ओलीले नेपालमा ७० प्रतिशत प्राविधिकधारको शिक्षा हुनुपर्ने बताए।
‘हाम्रो शिक्षा साक्षर बनाउने खालको मात्र होइन, जीवन उपयोगी बनाउनु पर्दछ। विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन। तर अब त्यस्तो हुँदैन,’ उनले भने।






