Kathmandu Press

भारतबाट ९० प्रतिशत गुलाबकाे फुल आयात

काठमाडाैं, फागुन १ : यस वर्षकाे 'भ्यालेन्टाइन डे'मा ९० प्रतिशत गुलाबकाे फुल भारतबाट आयात भएकाे छ। नेपालमा गुलाबकाे फुल निकै कम मात्रामा उत्पादन...
भारतबाट ९० प्रतिशत गुलाबकाे फुल आयात

काठमाडाैं, फागुन १ : यस वर्षकाे 'भ्यालेन्टाइन डे'मा ९० प्रतिशत गुलाबकाे फुल भारतबाट आयात भएकाे छ। नेपालमा गुलाबकाे फुल निकै कम मात्रामा उत्पादन हुने भएकाेले भारतबाट आयात गरिएकाे हाे।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार भ्यालेन्टाइन्स डेमा खपत हुने गुलाबकाे फुलमध्ये १० प्रतिशत मात्रै नेपालमा उत्पादन हुने गरेको छ।

यो वर्ष भ्यालेन्टाइन्स सप्ताहभरी २ लाख ३२ हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ। जसमध्ये ४० प्रतिशत गुलाब गत सोमबार 'रोज डे'को दिन खपत भइसकेको छ।

एसाेसिएसनका नेपालमा मौसमी समस्याका कारण पर्याप्त गुलाब उत्पादन हुन नसकेको एसाेसिएसनले जनाएकाे छ। तर पछिल्लाे बर्षकाे तुलनामा केही उत्पादन भने बढेकाे छ।

 

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्