काठमाडौंको गोकर्णेश्वरमा भेटियाे बर्डफ्लु
काठमाडाैं, फागुन १ : काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बर्डफ्लु भेटिएको छ।गोकर्णेश्वर–३ को एक फार्मका कुखुरामा बर्डफ्लु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार...
काठमाडाैं, फागुन १ : काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बर्डफ्लु भेटिएको छ।
गोकर्णेश्वर–३ को एक फार्मका कुखुरामा बर्डफ्लु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चितवनको राप्ती नगरपालिकामा ६ को एक कृषि फर्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार गोकर्णेश्वरको एक फार्ममा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो।
सो क्षेत्रमा बर्डफ्लुलाई नियन्त्रणका लागि काम सुरु गरिसकिएको उनको भनाइ छ। ती क्षेत्रका कुखुरा व्यवसायीलाई सतर्कता अपनाउन मन्त्रालयले आग्रह पनि गरेको छ।
प्रकाशित मिति: १७:४० बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












