Kathmandu Press

इलामका दुर्गाप्रसाद तिम्सिनाले पाए ८ लाख क्षतिपूर्ति

झापा, फागुन १ : इलामका दुर्गाप्रसाद तिम्सिनाले ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन्। बिनासुनुवाइ उनलाई ४० वर्ष भारतीय जेलमा राखिएको थियो। कोलकाता उच्च अदालतले...
इलामका दुर्गाप्रसाद तिम्सिनाले पाए ८ लाख क्षतिपूर्ति

झापा, फागुन १ : इलामका दुर्गाप्रसाद तिम्सिनाले ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन्। बिनासुनुवाइ उनलाई ४० वर्ष भारतीय जेलमा राखिएको थियो। 

कोलकाता उच्च अदालतले उनलाई तत्काल ५ लाख भारू (८ लाख रुपैयाँ) क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो।

कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले आज (आइतबार) तिम्सिनालाई ५ लाख भारूको चेक हस्तान्तरण गरेका हुन्।

तिम्सिना  हत्या आरोपमा दार्जिलिङबाट पक्राउ परेका थिए। गत वर्ष चैतमा उनी कोलकातास्थित दमदम जेलबाट छुटेका थिए।

उनलाई इलाम जिल्ला प्रशासनले नागरिकता पनि दिइसकेको छ।

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्