Kathmandu Press

कोरोनाकालमा धमाधम नयाँ उद्योग दर्ता, माघमा मात्रै थपिए ५३ करोड लगानीका सात उद्योग 

काठमाडौं फागुन १ : कोरोनाभाइरस संक्रमण जोखिम कायमै रहेपनि नयाँ उद्योग दर्ता हुने क्रम भने जारी रहेको छ। कोरोना संक्रमण उत्कर्षमा पुगेको माघ महिनाभरी...
कोरोनाकालमा धमाधम नयाँ उद्योग दर्ता, माघमा मात्रै थपिए ५३ करोड लगानीका सात उद्योग 
उद्योग विभागकाे कार्यालय

काठमाडौं फागुन १ : कोरोनाभाइरस संक्रमण जोखिम कायमै रहेपनि नयाँ उद्योग दर्ता हुने क्रम भने जारी रहेको छ। कोरोना संक्रमण उत्कर्षमा पुगेको माघ महिनाभरी सात नयाँ उद्योग थपिएका छन्। 

उद्योग विभागको तथ्यांक अनुसार गत माघ महिनामा साना, ठूला र मझौला गरी सातवटा नयाँ उद्योग दर्ता भएको हो।

गत महिना दर्ता भएका विभिन्न सात उद्योगको लगानी ५३ करोड ९५ लाख रुपैयाँ रहेको छ । जसबाट २ सय भन्दा बढीले उद्योगबाट रोजगारी पाउने भएका छन्।  

दर्ता भएका उद्योग मध्ये सबैभन्दा धेरै उद्योग काठमाडौंमा छन् । काठमाडौंमा माघ  महिनामा ६ वटा उद्योग दर्ता भएका हुन्  । 

 ४० करोड ९५ लाख रुपैयाँ लगानीमा चारवटा इन्टरनेशनल कार्गो ह्यान्डलिङ इन्डष्ट्रि, रेडिमेट गार्मेन्टस म्यानुफ्याक्चरिङ र होटेल वीथ रेष्टुरेन्ट जस्ता उद्योग दर्ता भएको छन। ।

जसबाट २६९ जनाले रोजगारी पाएका छन् । त्यस्तै, झापामा १३ करोड रुपैयाँ लगानीको कन्स्ट्रक्सन सर्भिस उद्योग दर्ता हुँदा ६० जनाले रोजगारी पाएका छन् ।

विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा १५७ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसबाट १२ हजार भन्दा बढीले रोजगारी पाएका छन्।

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्