विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ
काठमाडौं, फागुन १ : देशका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेका छन्। बाराको निजगढ नगरपालिका–८ स्थित सडकबाट सोही नगरपालिका–७ बस्ने ४० वर्षीय मुन्ना लोप्चनलाई करिब...
काठमाडौं, फागुन १ : देशका विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन्।
बाराको निजगढ नगरपालिका–८ स्थित सडकबाट सोही नगरपालिका–७ बस्ने ४० वर्षीय मुन्ना लोप्चनलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
ना६०प ८२४२ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मुन्नालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (.पूर्व)को कावासोती नगरपालिका–१६ चालिसकिलोबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका–६ बस्ने २२ वर्षीय बिकेश तेली र पालिनन्दन गाउँपालिका–१ बस्ने १९ वर्षीय करन कुर्मी रहेका छन्।
लु७५प ५८४५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। साथै उक्त लागूऔषध लिन आएका देवचुली नगरपालिका–१४ बस्ने २७ वर्षीय विशाल न्यौपानेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलालीको भजनी नगरपालिका–६ महादेउलिस्थित सडकबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्गोरिया गाउँपालिका–१ बस्ने २४ वर्षीय रोहित खड्का, सोही गाउँपालिका–६ बस्ने २० वर्षीय अन्जान डंगौरा र सोही गाउँपालिका–१ बस्ने २२ वर्षीय अर्जुन चौधरी रहेका छन्।
से३प ९४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सूर्यापुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।












