प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते
काठमाडौं, फागुन १ : प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते...
काठमाडौं, फागुन १ : प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ।
यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो ।
चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ।
प्रकाशित मिति: १६:३९ बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












