Kathmandu Press

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

दमौली, फागुन १ : तनहुँका २९ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ३४ हजार ३०३ छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सम्बन्धित विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको थियो । 

स्वास्थ्य कार्यालयका खोप अधिकृत एवं सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिकाका तीन हजार ३९, व्यास नगरपालिकाका सात हजार ६५१, शुक्लागण्डकी नगरपालिकाका पाँच हजार ६०० र भिमाद नगरपालिकाका दुई हजार ७०० बालबालिकाले पूरा मात्रा लगाएका छन्। 

म्याग्दे गाउँपालिकाका एक हजार ४०४, घिरिङ गाउँपालिकाका एक हजार २०८, ऋषिङ गाउँपालिकाका दुई हजार २१, देवघाट गाउँपालिकाका एक हजार ४५४, बन्दीपुर गाउँपालिकाका एक हजार ७०४ र आँबुखैरेनी गाउँपालिकाका दुई हजार ३७९ बालबालिकाले पूरा मात्रा लगाएका छन्। 

Hardik ivf

पहिलो मात्रा लगाउनेको सङ्ख्या भने भानुमा तीन हजार ४८०, व्यासमा दश हजार ८०, म्याग्देमा एक हजार ५७७, शुक्लागण्डकीमा ६०० हजार ११०, भिमादमा तीन हजार ४७, घिरिङमा एक हजार ४१२, ऋषिङमा दुई हजार १६९, देवघाटमा एक हजार ७२९, बन्दीपुरमा दुई हजार ५३ र आँबुखैरेनीमा दुई हजार ७४६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

दुई लाख नागरिकले लगाए पूरा मात्रा

यसैबीच १८ वर्षभन्दा माथिका दुई लाख बढीले कोभिड विरुद्धको खोपको पूरा मात्रा लगाएका छन् । भानुका २६ हजार २५०, व्यासका ५५ हजार ७७९, म्याग्देका १४ हजार ३९, शुक्लागण्डकीका ३६ हजार ५४६ ले पूरा मात्रा खोप लगाएका छन् । 

भिमादका १७ हजार ८९३, घिरिङका आठ हजार ५५३, ऋषिङका ११ हजार २२४, देवघाटका आठ हजार ९४१, बन्दीपुरका ११ हजार ८४९ र आँबुखैरेनीका १५ हजार ८८७ ले पूरा मात्रा खोप लगाएका छन् । 

सात हजारलाई बुस्टर डोज

यसैगरी सात हजार ४३२ ले तेस्रो मात्रा (बुस्टर) खोप लगाएका छन् । कोभिडसिल्डको तेस्रो मात्रा लगाउनेको सङ्ख्या छ हजार २५३, एक हजार १७५ ले भेरोसेल र चार जनाले जोन्सनको तेस्रो मात्रा खोप लगाएका छन्।  

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्