Kathmandu Press

कमल थापालाई राजेन्द्र लिङ्देनको बधाई 

काठमाडौं, फागुन १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कमल थापालाई बधाई ज्ञापन गरेका छन्। आइतबार कमल थापा राप्रपा नेपालको अध्यक्ष भएपछि...
कमल थापालाई राजेन्द्र लिङ्देनको बधाई 

काठमाडौं, फागुन १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कमल थापालाई बधाई ज्ञापन गरेका छन्। 

आइतबार कमल थापा राप्रपा नेपालको अध्यक्ष भएपछि लिङ्देनले सामाजिक सञ्जालमार्फत थापालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। 

‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आगामी जीवन सुखमय रहोस्,’ सामाजिक सञ्जालमा लिङ्देनले लेखेका छन्। 

महाधिवेशनमा पराजित भएपछि कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका थिए। 

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्