एनआरटी र हिमालयन शेर्पा गाेलरहित बराबरी

काठमाडाैं, फागुन १ : सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेको छ।
आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन्।
एनआरटीको तुलनामा हिमालयनले बल पोसेसनमा पकड जमाएको थियो। तर, गोल निकाल्न सकेनन्।
यस बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ। हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ। खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ द म्याच चुनिए। एनआरटीका सनम लिम्बु इमर्जिङ प्लेयर चुनिए।
प्रकाशित मिति: १५:५९ बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











