Kathmandu Press

एकीकृत समाजवादीका भ्रातृ संगठनहरूले गरे एमसिसीविरुद्ध प्रदर्शन

काठमाडाैं, फागुन १ : नेकपा (एकीकृत समाजवादी) का भ्रातृ संगठनहरूले अमेरिकन सहयोग परियोजना मिलेनियम च्लालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध प्रदर्शन गरेको छ। एमसिसी राष्ट्रिय हित, सुरक्षा...
एकीकृत समाजवादीका भ्रातृ संगठनहरूले गरे एमसिसीविरुद्ध प्रदर्शन

काठमाडाैं, फागुन १ : नेकपा (एकीकृत समाजवादी) का भ्रातृ संगठनहरूले अमेरिकन सहयोग परियोजना मिलेनियम च्लालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध प्रदर्शन गरेको छ। 

एमसिसी राष्ट्रिय हित, सुरक्षा र सार्वभौमिकताविपरीत रहेको भन्दै उनीहरुले काठमाडौंलगायत देशव्यापी रूपमा प्रदर्शन गरेका हुन्।

Hardik ivf

काठमाडौंमा माइतीघरदेखि बानेश्वरसमम विरोध र्‍याली निकालिएको थियो। कालोपट्टीसहित विरोधमा उत्रेका प्रदर्शनकारीले एमसिसी खारेज गर, वैदेशिक हस्तक्षेप अन्त्य गर, एमसीसी चाइदैन देश बेच्न पाइँदैन लगायत नाराबाजीसहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

एमसिसीको विरोधमा यतिबेला विभिन्न राजनीतिक दल र तीनका भ्रातृ संगठनहरूले प्रदर्शन गर्दै आइरहेका छन्। नेपालमा एमसिसीको विषय पछिल्लो समय थप पेचिलो बन्दै गइरहेको छ। एमसिसी संसदमा टेबल गर्ने कि नगर्ने भन्‍ने विषयमा सत्ता साझेदार दलहरू एकमत हुन सकेका छैनन्। 

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्