Kathmandu Press

माधवनारायणका बर्तालुद्वारा आज चाँगुनारायणमा पूजा

काठमाडाैं, फागुन १ : साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आज (आइतबार) भक्तपुरको चाँगुनारायण मन्दिरमा मन्दिरमा पूजा आराधना गरेका छन्।बर्तालु साँखुस्थित शालीनदीबाट...
माधवनारायणका बर्तालुद्वारा आज चाँगुनारायणमा पूजा

काठमाडाैं, फागुन १ : साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आज (आइतबार) भक्तपुरको चाँगुनारायण मन्दिरमा मन्दिरमा पूजा आराधना गरेका छन्।

बर्तालु साँखुस्थित शालीनदीबाट पैदल यात्रा गरी चाँगुनारायण मन्दिरमा मन्दिरमा पुगेका थिए। पहिलो चरणको तीर्थ यात्राका क्रममा बर्तालुले बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी पहिलो चरणको तीर्थ यात्रा समापन गरेका थिए।

Hardik ivf

दोस्रो चरणको तीर्थ यात्राका क्रममा उनीहरु पनौतीमा पूजा आराधना गरेका थिए भने तेस्रो चरणको तीर्थ यात्राका क्रममा माघ शुक्ल द्वादशीका दिन आज बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरेका हुन्।

चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ। पुस शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ।

साँखु शालिनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन्। माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ। त्यसबेलादेखि नै माधवनारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ। माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गर्छन्।

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्