Kathmandu Press

सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ       

काठमाडौं, फागुन १ : अवैध रुपमा ल्याउँदै गरिएको सुनजस्तो देखिने करिब ४ हजार ८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। राहदानी...
सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ       
Hardik ivf

काठमाडौं, फागुन १ : अवैध रुपमा ल्याउँदै गरिएको सुनजस्तो देखिने करिब ४ हजार ८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। राहदानी नम्बर इजे ०२४८१३१ वाहक ३६ वर्षीय झाङ लिलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेटनजिक जाँच गर्नेक्रममा चारवटा पोकामा भित्री पोसाकभित्र लुकाएर ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्