Kathmandu Press

अदलीबदलीका लागि ७० जना शान्ति सैनिक लिबिया प्रस्थान

काठमाडाैं, फागुन १ : संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ लिबियामा तैनाथ नेपाली सेनाले श्री स्पेसल गार्ड युनिट (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न अर्को...
अदलीबदलीका लागि ७० जना शान्ति सैनिक लिबिया प्रस्थान

काठमाडाैं, फागुन १ : संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ लिबियामा तैनाथ नेपाली सेनाअन्तर्गत श्री स्पेसल गार्ड युनिट (शान्ति सेना) काे तेस्रो डफ्फालाई बदली गर्न अर्को टोली त्यसतर्फ प्रस्थान गरेको छ।

प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा ७० जना नेपाली शान्ति सैनिकको चौथो डफ्फा शनिबार काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सेनाले जनाएको छ। 

कोरोना महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदलीबदलीको दौरानमा सबै स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर टोली पठाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको  हो।

युएन मिसनअन्तर्गत विभिन्न द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा सहभागी भई नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ। 

प्रकाशित मिति: १५:१० बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्